टुटलको पक्षमा महावीर, एसएसपी पन्तलाई धेरै जान्ने सुन्ने नबन्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 01:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले  ‘टुटल’ र ‘पठाओ’ लाई रोक लगाएकोमा अशन्तुष्टी प्रकट गरेका छन् । सरकारले ‘टुटल’ र ‘पठाओ’ कानुन अनुरुप नभएको भन्दै रोक लगाएको हो 

महावीर पुनले यस्तो चालले नेपालमा के कुराको अनुसन्धान तथा बिकास हुन्छ भनि प्रश्न गरेका छन् । साथै उनले नयाँ आविष्कार र ईनोभेशन गर्दै नगर्ने अनि नेपाल लाई संधैं गरीब देश बनाएर राख्ने भनी प्रश्न गरेका छन्  । कानुन बनाई कानुनको दायरमा ल्याएर ‘टुटल’ र ‘पठाओ’ लाई निरंतरत दिएका छन्  ।  ‘टुटल’ र ‘पठाओ’ लाई  चलन नदिने निर्णय गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तलाई महावीर पुनले धेरै जान्ने सुन्ने राष्ट्र सेबक नहुन आग्रह गरेका छन् 

हेर्नुस महावीर पुनको भनाई जस्ताको त्यस्तै :

यस्तो चालले नेपालमा के कुराको अनुसन्धान तथा बिकास हुन्छ ? कानुनमा नै छैन भनेर देशलाई एकदमै फाइदा हुने नयाँ काम गर्दै नगर्ने कि म्याद गुज्रेको कानुनहरु तत्कालै बदलेर नयाँ कानुन बनाई नयाँ ब्यबसायहरु लाई प्रोत्साहन गर्ने र ति ब्यबसायहरुलाई कानुनको दायरामा ल्याउने ?? नेपाली भाई बहिनीहरुले लगानी गरेर संचालन गरेको मोटरसाइकल बाट सस्तोमा यातायात सेवा दिने ब्यबसाय र हजारौं रोजगार सृजना गरेको Tootle अहिले यहि मारमा परेको छ. Pathao बिदेशीहरुले सुरु गरेको त्यस्तै सेवा हो र त्यसलाई पनि कानुनको दायरामा ल्याउनु पर्छ.

सरकार सहित कर्मचारीतन्त्रका मुर्ख मनुवाहरूले दुई वटा उदाहरणहरु पढ्नुहोस:

१. मानौ नेपालमा कुनै प्रतिभाशाली नेपालीले ब्याट्रीबाट चल्ने एकदमै नयाँ प्रबिधि निकालेर नयाँ किसिमको गाडी बनायो भने कानुनमा छैन भनेर त्यसलाई रोक्ने?
२. मानौं कुनै प्रतिभाशाली व्यक्तिले पर्यटनको बिकासको लागी कुनै नयाँ आइडिया निकालेर पर्यटनको द्रुत बिकास गर्न खोज्यो भने त्यसलाई पनि रोक्ने ??

यी माथिका कामहरु गर्नको लागी धेरै बर्ष अगाढी बनेको कानुनले पक्कै दिंदैन किन भने ति कानुन बन्दा त्यस्ता कुराहरुको इनोभेशन/आविष्कार भए कै थिएन. त्यसो भन्दैमा कसैले पनि नयाँ आविष्कार र ईनोभेशन गर्दै नगर्ने अनि नेपाल लाई संधैं गरीब देश बनाएर राख्ने ? महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्त पनि धेरै जान्ने सुन्ने राष्ट्र सेबक नभए कै राम्रो हुन्छ नेपालको लागी.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved