भारतबाट उखुको बिउ ल्याउन चिनि उद्योगीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 08:47:12 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले गुणस्तरीय उखु उत्पादनको लागी किसानले जुनसुकै देशबाट बिउ ल्याउन सक्ने बताएका छन् । व्यवसायीहरुले भारतबाट उखुको बिउ ल्याउन माग गरेपछि मन्त्री यादवले जहाँ बाट बिउ ल्याउन सकिने बताएका हुन् । यस बिषयमा सम्बन्धित निकायसँग छलफल गरेर छिट्टै निर्णय दिने उनले बताए ।

नेपाल चिनि उद्योग संघले भारतबाट उखुको बिउ ल्याउन माग गरेको हो । नेपाली चिनीलाई अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन भारतबाट बिउ ल्याउन संघले माग गरेको हो। संघका अध्यक्ष शशीकान्त अग्रवालले गुणस्तरीय उखु उत्पादन गर्नको लागी भारतबाट बिउ ल्याउनुपर्ने बताएका हुन् । अन्तराष्ट्रिय स्तरको गुणस्तरमा नेपाली चिनि उत्पादन गर्न सोहि अनुसारको उखुको आवश्यक पर्ने उनी बताउँछन् ।

सुरुवाती बर्षमा ५ हजार मेट्रिक टन बिउले नेपालको उखु उत्पादन क्षेत्रलाई थेग्ने उनको भनाई छ । उनले भने, ‘पहिलो बर्षमा हामीले ५ हजार मेट्रिक टन उखुको बिउ ल्याउनुपर्ने हुन्छ । तर पछिको बर्षमा ३ हजार, २ हजार गर्दै केहि बर्षपछि भने भारतबाट नल्याई सोहि बिउलाई निरन्तरता दिन सकिन्छ ।’ हाल नेपालमा उत्पादन हुने उखुमा राम्रो गुणस्तर नरहेकोले भारतबाट बिउ ल्याउन उनले माग गरेका हुन ।

नेपालमा बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनि खपत हुने गरेको छ । गत बर्ष १ लाख ८० हजार मेट्रिक टन चिनि उत्पादन भएको थियो । यो बर्ष भने २ लाख ३० हजार मेट्रिक टन चिनि उत्पादन हुने अनुमन रहेको चिनि व्यवसायीको भनाई छ ।

नेपालमै चिनि पर्याप्त उत्पादन हुन थालेपछि अन्य मुलुकको आयातलाई रोक्नुपर्ने व्यवसायीको माग छ । भारत, पाकिस्ताबाट सस्तो मूल्यमा चिनि आयत हुँदा नेपाली उद्योगको चिनिले बजार पाउन नसकेको व्यवसायीको गुनासो छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved