केन्याको डान्सबारबाट १२ नेपाली युवती पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 09:13:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अफ्रिकी मुलुक केन्याको डान्सबारबाट १२ नेपाली युवती प्रक्राउ परेका छन् । प्रहरीले केन्याको मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा  छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । 

 उनीहरुलाई मानव तस्करी गरेर बार डान्सरको रुपमा त्यहाँ पु¥याइएको प्रहरीको अनुमान छ ।  पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । तर उनीहरु नेपालबाट केन्या कसरी आइपुगे भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बारका संचालकलाई पनि पक्राउ गरेको छ । संचालकबाट क्यानडाको राहदानी फेला परेको भए पनि उनी क्यानडेली नभएक प्रहरीले जनाएको छ ।उनीहरु सबैलाई सोमबार मोम्वास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved