एक डलरमा हवाइ यात्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 12:03:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर दिने घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रर्बधनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको हो । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको जनाएको छ ।

यो सुविधा आगामी जुन ३० तारिखसम्म आप्रवासिहरुले लिन सक्नेछन् । यो सेवा लिन चाहनेले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ । 

कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकहरुले यो सेवा लिन सक्नेछन् । भोलारिस विमानको यस्तो सेवाले बेलाबेलामा आप्रवासीका लागि सुविधाजनक यात्राको अवसर जुटाउने गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved