फेसबुक स्टाटस सुनाउँदै सञ्चारमन्त्री बास्कोटाले सोधे, ‘के भन्नुहुन्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 02:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याईएको बताएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा मन्त्री बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाउँदै उत्तर दिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीका सम्बन्धमा फेसबुकमा लेखिएको स्टाटस देखाएका थिए ।

बास्कोटाले भने, ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ ।’ असजिलो मान्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । त्यसपछि भने ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र हाम्रो स्वतन्त्रता यही हो ? नजानेको व्यक्तिले त यो भाषा लेख्या होइन । यस्ता स्क्रिनसर्ट धेरै छन् मसंग । देउवाजीको बारेमा पनि छ ।’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved