रेशम चौधरीलाई उपचारमा हतकडी लगाएपछि मानव अधिकार आयोगले दियो यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 08:17:50 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचार गराउँदा नेल/हतकडी नलगाउन निर्देशन दिएको छ । आयोगको अनुगमनमा निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो ।

आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेरै चौधरीको उपचारमा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख गरेका छन् । नेपालको कारागार ऐन २०१९ को दफा ११ (२) मा उल्लेखित स्वास्थ्य उपचारको क्रममा नेल, हतकडी लगाउन नपाउने व्यवस्था विपरीत चौधरीलाई नेल लगाइएको आयोगको ठहर छ ।

आयोगले आगामी दिनमा कैदीवन्दीको उपचारका क्रममा शारीरिक र मानसिक अवस्थामा असर नपुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै नेलसहित कैदीबन्दीलाई उपचार कक्षमा राख्न निर्देशन दिने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved