नेपाल चेम्बर एक्स्पो फागुनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० फागुनमा आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शले यसअघिका चारवटा एक्स्पो सफतापुर्वक सम्पन्न गरेपछि पाँचौ एक्स्पो फागुन १३ गतेदेखि १७ गतेसम्म गर्न लागेको हो । 

मेला उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा भृृकुटि मण्डपमा हुनेछ । एक्स्पोले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदे मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । 

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । उनले थप्दै भने ″झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवर्धन मात्र नभई पर्यटन प्रवर्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।”

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिएको चेम्बरले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत लिने उद्देश्य राखेको छ ।

मेलामा विभिन्न मुलुकहरुबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने बिश्वास रहेको आयोजकले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved