पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 10:25:28 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन दिनदेखी लगातार पानी परेका कारण पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । चन्द्रपुर बाग्मती खण्डको लच्कामा बाढी आएकाले रातिदेखी नै राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालका अनुसार केही सवारी साधन बाढीमा फसेका छन् । वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका एक दर्जन बढी बस्ति डुबानको खतरामा परेका छन् ।

 बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर , गढौ लगाउतका बस्तीहरु डुवानको जोखिममा छन । बागमती र लाल बकैया, चादी, लमाहा, झांझ  नदिमा पानीको बहाव उच्च हुदै गएको रौतहटबाट हाम्रा संवाददाता राकेश यादवले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved