मन्त्री यादवको प्रश्न: के कांग्रेसले नेपाली नागरिकलाई अर्गानिक खुवाएको थियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 03:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगमन्त्री मातृका यादवले अहिलेसम्म कसैले नगरेको काम गर्न खोज्दा आफुलाई 'दलाल' को बिल्ला भिराइएको आरोप लगाएका छन। नेपाल चेम्बर अफ कमर्शद्वारा काठमाण्डौमा आयोजित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन। 

सरकारले भारतीय तरकारी तथा फलफुलको क्वारेन्टाइन परिक्षण गर्ने निर्णय निर्णय फिर्ता लिएको बिषयमा उत्पन्न विवादलाई लिएर उनले आफुले कम गर्न हिम्मत गर्दा असहयोग र आरोप मात्रै भएको गुनासो पोखे।   

आक्रोश मुद्रामा देखिएका मन्त्री यादवले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि कटाक्ष समेत गरे। यतिन्जेल सत्तामा बस्दा नेपालका नागरिकलाई सधैं अर्गानिक खानेकुरा खुवाएको जस्तो व्यवहार कांग्रेसले गरेको भन्दै उनले भने, 'के कांग्रेसले यतिञ्जेल सत्तामा बस्दा सँधै नागरिकलाई अर्गानिक खानेकुरा खुवाएको थियो ?' 

बिपक्षी हुँ भन्दैमा जे पनि नबोली यथार्थमा टेकेर बोल्दा कांग्रेसको नै इज्जत बच्ने भन्दै उनले अनाश्यक टिका टिप्पणी नगर्न कांग्रेसलाई सुझाब समेत दिएका छन।


  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved