चेम्बरद्वारा दुई दिने रक्तपरिक्षण शिविर आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 04:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले दुई दिने रक्तपरिक्षण कार्यक्रम आयोजना गरेको छ । चेम्बरले एसआरएल डाइग्नोसिस सँगको सहकार्यमा रक्तपरिक्षण कार्यक्रम आयोजना गरेको छ ।

मंगलबारदेखि शुरु भएको रक्तपरिक्षणमा एचबिएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्तपरिक्षण गरिएको छ । पहिलो दिन मंगलबार चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत रक्तपरिक्षण गरिएको छ ।  दोश्रो दिन बुधबार अपरान्ह् १ बजेदेखि साढे ५ बजेसम्म रक्तपरिक्षण कार्यक्रम रहेको छ । 

कार्यक्रमको आयोजना चेम्बरको शिक्षा तथा खेलकुद समितीको सक्रियतामा भएको चेम्बरले जनाएको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved