नेपालको संसदमा प्रवेश गर्यो भारतको कश्मिर विवाद, जवाफ दिन सरकारसँग माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 12:17:30 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले आफ्नो संविधानको धारा ३०५ खारेज गरेको विषय नेपालको संसदमा पनि प्रवेश गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले यस विषय उठाएका हुन् ।

भारत सरकारले सोमबार जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको थियो।  जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज भएको हो भने लद्दाखलाई जम्मू-कश्मीरबाट छुट्ट्याइएको छ।

मंगलबारको बैठकमा अविशेष समय लिएर बोल्दै सांसद प्रेम सुवालले भारतको यस्तो कदमले नेपाल र नेपाली जनतामा के कस्तो प्रभाव पर्छ भन्दै यसबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved