गगन थापाको प्रस्ताव 'ओली बा'लाई आराम दिएर नयाँ प्रधानमन्त्री चुनौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 12:07:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन आग्रह गरेका छन् । बुधबारको संसद बैठकमा बोल्दै थापाले प्रधानमन्त्री देशको कार्यकारी भएको र पटक पटक विदेश गराएर उपचार गराउदा काम काज नै प्रभावित हुने तर्फ उनले सचेत गराए । उनले प्रधानमन्त्री एकै पटक लामो समय देश बाहिर बस्दा देशको सुरक्षा, कुटनीतिक मर्यादामा जोखिम रहने उनले बताए । 

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुन् आवश्यक रहेको र संसदमा नेकपाको बहुमत रहेकोले उनले संसदबाटै ओलीलाई विश्राम दिएर नयाँ प्रधानमन्त्री चयन गर्न आग्रह गरे । एक से एक प्रधानमन्त्री भएका नेता पार्टीमा भएको र अझै पनि प्रधानमन्त्री बन्ने चाहना भएका पनि पार्टीमा रहेकाले ओलीलाई विश्राम दिन गरे ।  प्रधानमन्त्री सबैको बा सरह रहेको भन्दै उनले भने 'हामी हाम्रो बा बिरामी भएको भए बा धपेडी नगर्नुस, आराम गर्नुस भन्ने थियौ, सोहि हाम्रो प्रधानमन्त्री बा लाई किन भन्न सक्दैनौ' ।  

उनले आफ्नो पार्टीले पनि विगतमा यो गल्ति र अन्याय गरेको बताउदै नेकपालाई यस्तो नगर्न सुझाव दिए । 

उनले ओलीले नेपालको आन्दोलनमा ठुलो योगदान दिएको, शान्ति प्रक्रियामा ठुलो योगदान दिएको , ठुलो राष्ट्रिय जिम्मेवारी लिएको, स्वाभिमानको लडाईको एक योद्दा भएकोले लामो समयसम्म अभिभावकको रुपमा देख्न चाहेको बताए । उनले प्रधानमन्त्रीलाई अहिले आराम दिए मात्र यो सम्भव हुने बताए । 

उनले मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको इच्छाशक्ति, ,क्रियाशीलता, योगदान, संसारको लागि नमुना बनोस भन्ने कामना समेत गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved