अमेरिकामा सवारी दुर्घटनामा परि तीन जना नेपालीको मृत्यु भएको छ । मिजुरी राज्यमा सवारी दुर्घटनामा परि श्रद्धा ओझा, गोविन्द खनाल र शान्ता खनालको मृत्यु भएको हो । गोविन्द र शान्ता श्रद्धाका बुवाआमा हुन् ।
दुर्घटनामा श्रद्धाका पति प्रभास र चार वर्षीय छोरी गम्भीर घाइते छन् । मृतक र घाइतेको नेपालको ठेगाना खुल्न बाँकी छ । मिजुरी प्रहरीले पछाडिबाट आएको सवारीले ठक्कर दिँदा दुर्घटना भएको जनाएको छ ।