भरतपुर अपडेट: अहिलेसम्म २ हजार ४ सय १० मत गणना,वडा नं. २० को गणना दिउँसोबाट गर्ने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 10:13:58 AM मा प्रकाशित

laxmi  sunrise bank

भतरपुर महानगरपालिकाको वडा नं. १९ मा २ हजार ४ सय १० मत गणना भईसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन्।

रेणुले निरन्तर मतान्तर छोट्याउँदै लगेकी छिन्। अहिले उनी ज्ञवाली भन्दा २७१ मतले पछाडी छिन्।यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार ३ सय ९८ मत र दिव्य शर्मा आचार्यले ३८ हजार ४ सय ३४ मत प्राप्त गरेकी छिन।शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । त्यस्तै वडा नं. २० को गणना दिउँसोबाट गर्ने तयारी भैरहेको छ। 

यस अघि: भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिकाको मतगणना सुरु


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved