एएफसी यु १९: अवसरको सदुपयोग गर्न नसक्दा नेपाल समुहचरणबाटै बाहिरियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 04:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइनल चरण प्रवेश गर्ने सम्भावना गुमाईसकेको नेपालले प्रतिष्ठा समेत बचाउन असफल भएको छ। किर्गिस्तानमा जारि एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेल अन्तर्गत नेपालले पेनाल्टीको सदुपयोग गर्न नसक्दा युएईसंग १-० ले पराजित भएको छ।

युएईसंगको पराजयसंगै नेपाल समुहचरणबाटै बाहिरिएको छ। प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो। खेलको पहिलो हाफमा सन्तोषजनक प्रदशन गरेको नेपालका लागि खेलको ७२ औ मिनेट अशुभ बन्यो। 

खेलको ७२ औं मिनेटमा नेपालका गोलकिपरको 'गल्ति' को फाइदा उठाउदै युएईका खेलाडीले बललाई गोलमा परिणत गरे। १ गोलले पछाडी परेको नेपालले खेलको ८२ औं मिनेटमा खेलमा फर्किने अवसर पाएपनि पेनाल्टी 'मिस्टेक' गर्दा अन्तन्त: १-० ले पराजित भयो।  

समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरी सकेको थियो। नेपालले यसअघि कीर्गिस्तानसँग २-० को तथा बहराइनसँग ४-० को हार बेहोरेको थियो । 

समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।

नेपाल र युएई बीचको खेल जारी, प्रतिष्ठाकाका लागि जित्ने पर्ने दबाबमा नेपाल (लाइभ)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved