विश्वकप छनौटमा शनिबार नेपाल र अफगानिस्तान भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 03:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank


आइसीसी विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानको सामना गर्नेछ ।

जिम्बाब्वेमा जारी प्रतियोगितामा नेपालले शनिबार बुलावायास्थित एथ्लेटिक क्लबमा नेपाली समय अनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्ने भएको हो । 

एक दिवसीय खेलमा नेपाल र अफगानिस्तानको यो पहिलो भेट भने होईन, तर यस अघि खेलेमा खेलमा नेपालको पक्षमा नतिजा भने खासै राम्रो भएको रेकर्ड छैन । अहिलेसम्म नेपाल र अफगानिस्तानले सात पटक खेलेको खेलमा ६ पटक अफगानिस्ता र १ पटक मात्रै नेपालले जितेको छ । 

लगातार दुई खेलमा हार व्यहोरेको नेपाललाई ‘सुपर सिक्स’मा आफनो स्थान सुरक्षित बनाउन उक्त खेल जित्नैपर्ने दबाब छ । 

नेपालले एक दिवसीय मान्यता पाउन समूह चरणका बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग १ सय १६ रन र दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । 

टेस्ट राष्ट्रको मान्यता पाइसकेको अफगानिस्तान स्कटल्यान्ड, जिम्बाब्वे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधारमात्र बाँकी छ । नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट हुनेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved