विश्वकप छनौट: अष्ट्रिया र वेल्स बराबरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2016 | 09:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सन २०१८ मा रसियामा हुने विश्वकप छनौट अन्तर्गतको खेलमा अष्ट्रिया र वेल्सको खेल बराबरीमा रोकिएको छ। युरोपियन महादेश अन्तर्गत समुह डी मा रहेका अष्ट्रिया र वेल्सको खेल २-२ को बराबरीमा रोकिएको छ। 

खेलको २२ औ मिनेटमा वेल्सका जोय एलेनले २२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। लगत्तै अष्ट्रियाका लागि २८ औ मिनेटमा मार्को आर्नाटोभिकले बराबरी गोल फर्काए।

४६ औं मिनेटमा वेल्सका केभिन विमरले गोल गर्दै फेरि वेल्सलाई अग्रता दिलाए । तर दोश्रो हाफको तेश्रो मिनेटमै अष्ट्रियाका आर्नाटोभिकले नै टीमका लागि दोस्रो गोल गर्दै खेल बराबरी बनाए ।  

यससँगै समूह डि मा रहेको वेल्स, अष्ट्रिया, सर्विया र रिपब्लिक अफ आयरल्याण्डको चारचार अंक भएको छ । तर गोल अन्तरका आधारमा वेल्स पहिलो, सर्विया दोस्रो, अष्ट्रिया तेस्रो र आयरल्याण्ड चौथो स्थानमा छन् ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved