ए डिभिजन फुटबल क्लबलाई काठमाडौं महानगरको ५६ लाख सहयोग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 06:11:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब रु ५६ लाख आर्थिक सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गरेका हुन् । मेयर शाक्यले प्रत्येक क्लबलाई रु नौ लाख ३० हजारको दरले रकम हस्तान्तरण गरे । रकम लिने क्लबमा नमूना मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र मनाङ्ग मस्र्याङ्दी क्लब छन् । 

कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सानो सहयोग गरेको बताउँदै क्लबहरुले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाए। 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रको विकासका लागि यो कोसेढुङ्गा भएको जिकिर गरे । मनाङ्ग मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छामुखिया गुरुङले पछिल्लो समय क्लबहरुलाई नियमित रुपमा खेल सञ्चालन गर्न आर्थिक रुपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताए । कार्यक्रममा कामपाले प्रत्येक क्लबलाई फुटबल खेल्दा लगाइने पोशाक पनि वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved