टि २० बिश्वकप छनौट, ११ बल मै जित्यो नेपाल, ३ खेलाडीले लिए समान ३ विकेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 09:07:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र ‘बी’ को छनौटमा नेपालले लगातार पाचौ जित हात पारेको छ। आज भएको खेलमा चीनलाई फराकिलो अन्तरले पराजित गर्दै नेपालले आफ्नो अपराजित यत्र कायम राखेको हो ।

चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गर्यो । नेपालका लागि बिनोद भण्डारीले ८ बलमा १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए।

यस अघि टस जितेर ब्याटिंग गरेको चीन १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटिएको थियो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। एक खेलाडी भने रन आउट भएका थिए ।

चीनका लागि हङ जियान याङले सर्वाधिक ११ रन, डेन्जी मा ले ५ तथा चेन जिनफिङले १ रन बनाए भने अन्य सबै खेलाडी शुन्य रन मै रोकिए ।

खेलको म्यान अफ द म्याच सन्दिप लामीछाने भएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved