ओलम्पिक कमिटीको अध्यक्षका लागि जीवनराम र उमेशलालबीच प्रतिस्पर्धा, उपाध्यक्षमा अन्सारीको दाबि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 09:05:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि जीवनरामसँग पराजित उमेशलालले आज अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेसँगै फेरि यी दुईबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो। 

जीवनरामले पनि उमेदवारी दर्ता गरेका छन्। चार वर्षअघि उमेशलाललाई हराउँदै जीवनराम श्रेष्ठ एनओसी अध्यक्षमा निर्वाचित भएका थिए । महासचिवमा वर्तमान उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठले उमेदावरी घोषणा गरेका छन् ।

एनओसीको निर्वाचन भदौ २० गते हुँदैछ । निर्वाचनले १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, ३ सचिव र ७ सदस्य गरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ। निर्वाचनमा एनओसीका २७ एसोसिएट सदस्यका प्रतिनिधिले मतदान गर्नेछन् ।

५ उपाध्यक्षका ८ जनाको उमेदवारी परेको छ । जसमा राजिव श्रेष्ठ, ज्योति राणा, पुष्पदास श्रेष्ठ, अशोकमान बज्राचार्य, तेज गुरुङ, चतुरानन्द राज वैद्य, सुनिल श्रेष्ठ र कुस्तीका समिम मिया अन्सारी छन् । सचिवका लागि राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्ट, दीपक हर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ र तुल्सी थापाले उमेदवारी घोषणा गरेका छन् । 

कोषाध्यक्षमा अरुले उमेदवारी घोषणा नगरेपछि वर्तमान कोषाअध्यक्ष रतन तण्डन नै निर्विरोध चयन हुने देखिएको  छ । उपमहासचिवमा राखेपका उपाध्यक्ष तथा एथ्लेटिक्स संघबाट प्रतिनिधि बनेका पिताम्बर तिमल्सिना चयन हुने निश्चित भएको छ । 

७ सदस्यका तासी घले, दीर्घबहादुर केसी, रमेशप्रसाद शिवाकोटी, मनोरञ्जन रमण शर्मा, प्रकाश शमशेर राणा, गोपालसुन्दर कक्षपति, राम अवाले र होमबहादुर दोडले मनोनयन दर्ता गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved