साफ यू–१५ फुटबलमा भुटानविरुद्ध नेपालको सानदार जित, फाईनल यात्रा के होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 12:42:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भुटानलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै नेपाल पाँचौं संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा बिहिबार भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

नेपालको जितमा प्रदीप लम्सालले दुई तथा अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले १/१ गोल गरे ।  

नेपाललाई फाइनल प्रवेशका लागि भारत र बंगलादेशबीचको खेल कुर्नुपर्ने भएको छ । भारतले बंगलादेशलाई पराजित गरेमा फाइनलमा भारत र नेपाल भिड्नेछन् ।  तर बंगलादेशले भारतलाई पराजित गर्दै गोलअन्तरमा नेपाललाई पनि पराजित गर्न सके फाइनलमा पनि भारत र बंगलादेश नै भिड्नेछन् । यी दुई देशबचको खेल पनि आजै हुँदैछ । 

नेपाल आफ्नो पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved