अस्ट्रेलियाले जित्यो टी-२० महिला विश्वकप क्रिकेटको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 04:46:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी  टी-२० महिला विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले कब्जा गरेको छ । अस्ट्रेलियाको मेल्बनमा आइतबार भएको फाईनल खेलमा भारतलाई ८५ रनले हराउदै अस्ट्रेलियाले उपाधि कब्जा गरेको हो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८४ रन बनएको थियो । अस्ट्रेलियाका लागि ओपनिङ  ब्याट्सम्यान द्वय वेथ मनी र एलस्या हेरीले क्रमश ७८ र ७५ रन बनाएका थिए । मनीले ५४ बलमा १० चौकाको मद्दतमा ७८ रन बनाएकी थिइन्  भने हेरीले ३९ बलमा ५ छक्का र ७ चौकाको मद्दतले ७५ रन बनाएकी थिइन् । त्यस्तै भारतकी दिप्ती शर्माले दुई तथा पुनम यादव र राधा यादवले समान एक-एक विकेट लिएका थिए ।

यस्तै १८५ रनको लक्ष पछ्याएको भारत १९ ओभर एक बलमा जम्मा ९९ रन बनाएर अल आउट भएको थियो । ओपनर सफली बर्मा र स्मृति साधना सस्तैमा आउट भएपछि भारत संकटमा परेको थियो । बर्माले जम्मा २ रन बनाएर पेवेलियन फर्किदा साधना ११ रन बनाएर पेवेलियन फर्केकी थिइन् । भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाउदा बेदा कृष्णमुर्तिले १९ तथा रिचा घोशले १८ रन बनाएकी थिइन्।  

भारतलाई सस्तैमा रोक्न अस्ट्रेलियन बलर हावि भएका थिए । अस्ट्रेलियाकी मेघन स्कुटले चार विकेट लिदा जेस जोन्सेनले तिन विकेट लिएकी थिइन्। तेसैगरी सोफि मेलेजिउज, डेलिसा किम्मीन्स र निकोला कर्येले समान एक-एक विकेट लिएकी थिइन्। 

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved