च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 08:56:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्सिलोनाले च्याम्पियन्स लिगमा लज्जास्पद हारे बेहोरेको छ ।  शुक्रबार बिहान सम्पन्न लिगको क्वाटरफाइनल चरणको खेलमा बार्सिलोनाले जर्मन टोली बायाँन म्युनिकसँग ८-२ गोल अन्तरको लज्जास्पद हारे बेहोरेको हो ।

खेल सुरु भएको चौथो मिनेट मै थोमस मुलरले गोल गर्दै बायाँनलाई आग्रता दिलाएका थिए । खेलको ७ औ मिनेटमा बायाँका डेभिड अबालाले आत्माघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । त्यसपछि बायाँनले लगातार बार्सिलोनाको पोस्टमा गोल गरिरह्यो । बायाँनले २१ औ, २७ औ, र ३१ औ मिनेटमा गोल गर्दै हाफ टाइममा ४-१ को अग्रता कायम गर्यो ।

दोस्रो हाफमा ५७ औ मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दै गोल अन्तर कम गरे  । तर त्यसपछि बार्सिलोनाले गोल गर्न सकेन  । उता बायाँनले ४ गोल थप्यो  । बायाँनले ६३ औ, ८२ औ. ८५ औ  र ८९ औ मिनेटमा गोल गर्दै शानदार तरिकाले सेमिफाइनलमा स्थान पक्का गरेको छ  । लज्जास्पद हारसँगै बार्सिलोनाको छैठौ पटक लिग जित्ने सपना चकनाचुर भएको छ  । 

लिगको सेमिफाइनल खेलहरु १८ र १९ अगस्तमा हुने छ।  सेमिफाइनलमा अब बायाँनले म्यानचेस्टर सिटी र लायोनको बिजेतासंग खेल्ने छ भने दोस्रो सेमिफाइनल खेलमा पीएसजी र आरबी लेपजिगबीच प्रतिस्पर्धा हुने छ । 

लिगको फाइनल खेल २३ अगस्तमा हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved