सन्दिप लामिछानेका कप्तान कारवाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 01:19:31 PM मा प्रकाशित

laxmi sunrise bank

स्लो ओभर रेटका कारण आइपीएलका अर्का एक कप्तान कारवाहीमा परेका छन् । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यर कारवाहीमा परेका हुन् । 

अय्यर सनराइजर्स हैदराबादविरुद्धको खेलमा  स्लो ओभर रेटका कारण कारवाहीमा परेका हुन् । उनलाई १२ लाख भारतीय रुपैयाँ अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

आइपिएलद्वारा जारी गरिएको एक विज्ञाप्तिमा श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीको यस सिजन यो पहिलो गल्ति हो। आईपीएलको कोड अफ कन्डक्टअनुसार मिनिमम ओभर रेटलाई लिएर उनीमाथि जरिवाना गरिएको हो। 

 मंगलबार राति सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको थियो। दिल्लीको जारी सिजनमा यो पहिलो हार हो।

यस अघि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली पनि कारवाहीमा परेका थिए । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved