
अबको ६ महिनापछि फेरी अर्को इण्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिता हुने भएको छ । भारतीय क्रिकेट बोर्ड बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आगामी अप्रिल-मे महिनामा आईपीएलको २०२१ को सिजन हुने बताएका हुन् ।
अहिलेको प्रतियोगिता कोरोना भाइरसको प्रभावको कारण युएईमा आयोजना गरिएको भए पनि सन् २०२१ को सिजन भरत मै हुने बताएका हुन् । साथै उनले इंग्ल्यान्डसँगको सिजन पनि भरत मै हुने र घरेलु प्रतियोगिताहरु पनि भारत मै हुने बताए । उनले अहिले युएईमा प्रयोग गरिएको बायो बबल सहित कोरोना बिरुद्दको स्वास्थ्य मापदण्डको प्रयोग गर्दै सबै प्रतियोगिता भारत मै गर्ने बताएका हुन् ।
हाल युएईमा आईपीएल प्रतियोगिता जारी छ । कोरोनाको कारण सन् २०२० को आइपीएलको समय धकेलिएकोले अबको ६ महिना मै आईपीएलको अर्को संस्करण हुने भएको हो । उनले महिला टोलीको पनि आईपीएल प्रतियोगिता संचालन गरिने बताए ।