विश्वकप छनोटः ब्राजिलको विजयी यात्रामा कोलम्बिया तगारो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 09:05:35 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप फुटबल २०२२ को दक्षिण अमेरिकी महादेशमा जारी छनोटमा ब्राजिल पहिलोपटक बराबरीमा रोकिएको छ । लगातार विजयी यात्रामा रहेको ब्राजिल पहिलोपटक कोलम्बियासँग गोलरहित को बराबरीमा रोकिएको हो ।

कोलम्बियाको घरेलु मैदानमा भएको खेलमा बराबरीमा रोकिएसँगै ब्राजिलको सत् प्रतिशत विजयी नतिजामा पूर्ण बिराम लागेको हो । गय रातीको खेलमा कोलम्बियाले ब्राजिलविरुद्ध रक्षात्मक र आक्रामक खेल खेल्यो ।

६४ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि ब्राजिल गा्ल गर्नबाट चुक्यो । 

बराबरीपछि पनि ब्राजिल १० खेल सकिँदा २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा अर्जेन्टिना छ । ब्राजिललाई बराबरीमा रोकेको कोलम्बिया भने १५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved