ज्ञानेन्द्रले भने, ‘ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 05:29:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यानले कारबाही गरेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्यानको निर्णयका कारण आफूहरुले ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले खेलाडीको हक अधिकारका लागि आवाज उठाउँदा कारबाही भोग्नुपर्ने हो भने ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् । 

‘आजसम्म हामीले गरेको समर्पणको सम्मान यही हो ?’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो फोकस डिमाण्ड भनेको क्यानले हामीलाई संवादमा बोलाउनुपर्छ ।’ 

उनले थपे, ‘हामी संवादबाटै अगाडि जानुपर्ने पक्षमा छौँ, कारवाही फिर्ता हुने वा नहुने भन्ने कुरा बोर्डमा निर्णय लिनुहोला ।’ 

पत्रकार सम्मेलनमा कारबाहीमा परेका ज्ञानेन्द्रसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी उपस्थित थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved