कुशलको शतक र दीपेन्द्रको अर्धशतकमा फिलिपिन्सलाई विशाल लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 02:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय टिमका युवा ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय सहयोगमा नेपालले आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई २१९ रनको विशाल विजयी लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनायो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रनको अविजित शतकीय इनिङ खेले । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तराष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि–२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । 

दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए । 

तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १७१ रनको शतकीय साझेदारी गरे । जुन नेपाली टि–२० आईमा भएको उच्च साझेदारी हो ।

ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै एलबीडब्लू आउट हुए । 

कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए । पाँचौं ओभरको दोस्रो बलमा कुशल मल्ललाई मिग्गी पोडोस्कीले मुजाममी शहजादबाट क्याच गराएका थिए ।

लोकेश बम ६ रनमा अविजित रहे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved