विश्व वरियतामा सन्दीप र कुशलको ठूलो छलाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 02:52:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले विश्व वरियतामा छलाङ मारेका छन् । 

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि–२० आई विश्व वरियतामा नेपालबाट सन्दीप र कुशलले छलाङ मारेका हुन् । 

कुशल भुर्तेल ६५ औं स्थानबाट २६ स्थान सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ५० औं स्थानमा उक्लिएका छन् । यसअघि दीपेन्द्र ५२ औं स्थानमा थिए । टि–२० आई वरियतामा ब्याटिङ तर्फ दीपेन्द्र र कुशल छन् । 

बलिङ तर्फ कप्तान सन्दीपले पनि निकै ठूलो फड्को मारेका छन् । सन्दीप ६३ औं स्थानबाट ४३ औं स्थानमा उक्लिएका छन् ।

सन्दीपले दक्षिण अफ्रिका कागिसो रबाडा र अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्स लगायतका विश्वस्तरिय बलरलाई टि–२० आई वरियतमा पछि पारेका छन् । रबाडा कमिन्स ४७ औं स्थानमा छन् । 

नेपालका तीव्र गतिका बलर अभिनाश बोहरा पनि एकैपटक १२ स्थान सुधार गर्दै ८६ औं स्थानमा उक्लिएका छन् ।

४ देश सम्मिलित टि–२० आई सिरिज र टि–२० विश्वकप छनोट ए मा गरेको प्रदर्शनका आधारमा नयाँ वरियता निर्धारण गरिएको हो ।

टि–२० आई वरियतामा भने नेपाल २ स्थान खस्किदै १५ औं र ओडिआई वरियतामा १६ औं स्थानमा छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved