'कोड' दर्ता गर्न आग्रह, नत्र भेटिने छैन हराएको मोबाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 10:09:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइलमा हुने  इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणले मोबाइल सेट हराएमा चोरी भएमा आईएमइआई कोड दर्ता भएको भए सजिल्यै फेला पार्न सकिने सकिने भन्दै कोड दर्ता गराउन आग्रह गरेको हो । 

प्राधिकरणले मोबाइल सेट हराएमा प्राधिकरणमा खबर गर्न र हराएको फोन भेटेमा सम्बन्धीत व्यक्तिलाई फिर्ता गर्न आग्रह गरेको हो । प्राधिकरणका अपरेटरहरुले हराएको फोनमा राखिएको सिम कार्डका आधारमा फोन कुन स्थानमा सञ्चालन भएको सहजै थाहा पाउने भन्दै फिर्ता गर्न अनुरोध गरेको हो । 

हराएको फोनलाई सजिलै ट्रयाक गरेर भेट्न सकिने भन्दै यदि कसैले फेला पारेमा फिर्ता गर्न आग्रह गरेको हो । यदि फोन हराएमा प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा गई निवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । हराएको फोन फेला पार्नको लागि आईएमइआई कोड आवश्यक हुने भएकोले सो कोड दर्ता गराउन प्राधिकरणले आग्रह गरेको हो  ।

न्यून कोड दर्ता

प्राधिकरणका अनुसार  कोड दर्ता गर्नुपर्ने व्यवस्था गरेको चार वर्षको अबधिमा डेढ करोड भन्दा केहि बढी कोड मात्र दर्ता भएका छन् । २०७३ साल बैशाखबाट गत सोमबारसम्म एक करोड ६३ लाख ७५ हजार २६५ मोवाइलका आईएमइआई कोड दर्ता भएको प्राधिकरणले जनाएको छ ।

जसमा एक करोड ६३ लाख ६८ हजार ९१८ व्यापारीक प्रयोजनका लागि र ६ हजार ३४७ व्यक्तिगत प्रयोजनका मोबाइल दर्ता भएका हुन् । व्यापारीक प्रयोजन भन्नाले व्यापारीले मोबाइल आयात गर्दा नै दर्ता गरेका हुन् भने व्यक्तिगत भन्नाले मोबाइल खरिद गरेपछि व्यक्ति आफैले कोड दर्ता गराएका हुन्।  

प्राधिकरणका सहायक निर्देशक प्रज्ञा ढुगांनाका अनुसार कोड धेरै दर्ता भएपनि दर्ता हुने मोबाइल सेटको संख्या भने त्यसको आधा मात्र छ ।  आजकल दुईवटा सिम लाग्ने मोवाइलको छुट्टा छुट्टै आईएमआई कोड दर्ता हुने भएका कारणले दर्ता भएको कोडको सख्यां धेरै देखिएको हो ।

आईएमइआई दर्तासुरु गर्दा प्राधिकरणले मोवाइल डाटा म्यानेजमेट सिष्टम लागु गर्ने भनेतापनि हालसम्म पूरा हुन सकेको छैन् । 'हामी प्रक्रियामा नै छौँ, सबै प्रक्रिया मिलाउदा केही समय लागेको हो', ढुगानाका भने 'अब छिटै उक्त सिष्टम सञ्चालनमा ल्याइनेछ् । ' उनका अनुसार टेलिफोन सेवा प्रदायक कम्पनीले इक्विपमेन्ट आइडेन्टिटी रजिस्टेसन प्रणाली पूर्ण रूपमा सञ्चालनमा नल्याउँदा सिष्टम सञ्चालमा ढिलाई भनेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved