भायानेटको ३५ औ आउटलेट पेप्सीकोलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 10:03:18 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्नो ३५ औ शाखा पेप्सीकोलामा संचालनमा ल्याएको छ । काठमाडौंमा आफ्ना सेवाहरु अझ प्रभावकारी ढंगले उपलब्ध गराउने उदेश्यसहित कम्पनीले माघ ७ गते बुधबारबाट पेप्सीकोलामा शाखा सुरुवात गरेको हो । 

भायानेटले नेपालको पहिलो एफटिटिएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपी टिभी सेवा पनि छ । जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडि र एसडि च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड लगायतका सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved