फोरजी प्रविधिमा आधारित नयाँ सेवा परिक्षण गर्दै टेलिकम, ग्राहकलाई के फाइदा ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 16, 2021 | 07:38:30 PM मा प्रकाशित

predect in win

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE प्रविधि अन्तर्गत (VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा VoLTE सेवाको परीक्षण शुरुवात गर्न लागिएको कम्पनीले जनाएको हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ । 

टेलिकमका अनुसार माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले VoLTE सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा VoLTE एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई VoLTE कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा VoLTE को संकेत देखापर्दछ । VoLTE को संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट VoLTE भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ । 

आफ्नो मोबाइल सेटले VoLTE सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न https://www.ntc.net.np/post/volte  लिंक प्रयोग गर्न सकिने टेलिकमले जानाएको छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा support.volte@ntc.net.np मा इमेल पठाउन टेलिकमले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved