एनसेलको नयाँ वेबसाइटमा थपिए सुविधा, के के छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 05:56:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले ग्राहकका लागि थप सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ । ग्राहकले वेबसाइटबाट सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्ने छन् ।

नयाँ वेबसाइटलाई वेब एपको रुपमा स्मार्टफोनमा राखी विविध सुविधाहरुको प्रयोग गर्न सकिने एनसेलले बताएको छ ।  एनसेलको नयाँ वेबसाइट डिजिटल अभियान अन्तर्गतको एक कार्य भएको र यसै अन्तर्गत विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको कम्पनीले जनाएको छ ।

यस वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युम सहितका अफरहरु पनि रहेको जनाइएको छ । यस कोरोना महामारीकाबीच घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सकिनेछ ।

अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्नेछन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केही प्याकहरुमा डबल डेटा पाउँनेछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउने एनसेलले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved