स्मार्ट टेलिकमले ल्यायो जति कुरा गरेपनि २ मिनेटको मात्र पैसा लाग्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 01:19:28 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक 'दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीने र तत् पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ ।

स्मार्ट टेलिकमले यस अफरले आप्mना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आप्mना प्रयोगकर्ताहरुमा उत्साह र उमँग आउनेछ भनि विश्वास लिएको छ । स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आप्mना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ।

स्मार्टले यस अफरले आप्mना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्ने विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नु सक्ने छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved