अब प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, विवाद समाधानको लागि बन्यो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 06:53:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र केवलको तार काट्न थालेपछि उत्पन्न समस्या समाधान गर्नको लागि समिति गठन भएको छ । नेपाल विद्युत प्राधिकरण, संचार मन्त्रालय र उर्जा मन्त्रालयबीच आज भएको छलफलमा विवाद समाधान गर्नको लागि समिति बनाउने निर्णय भएको हो । 

 सञ्चार मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहको संयोजकत्वमा ६ सदस्यी समिति गठन गरिएको हो । समितिका सदस्य सचिवमा सहसचिव अनुप नेपाललाई तोकिएको छ । समितिमा उर्जा मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केवुल व्यवसायी र इन्टरनेट व्यवसायीको प्रतिनिधित्व रहने छ । 

नेपाल विद्युत प्राधिकरणले बक्यौता नबुझाएको भन्दै इन्टरनेट र केबुल सेवा प्रद्यकको लाइन काट्न थालेपछि विवाद बढेको हो । पोलको भाडा नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट रटिभी केबुल सेवा प्रदायकका लाइन काटेको थियो ।  तर उपभोक्ताको अधिकार नै हनन भएको र अत्यावश्यक सेवामा  अवरोध पुर्याएको भन्दै ब्यापक जनविरोध भएपछि हाल प्राधिकरण पछि हटेको छ ।  प्राधिकरणले बक्यौता नतिर्ने सेवा प्रदायकको तार सांकेतिक रुपमा काटिएको तर अब भने नकाटिने र काटिएको पनि जोडिने बताएको छ ।  

प्राधिकरणले एकतर्फी रुपमा पोलको भाडा बढाएको भन्दै सेवा प्रदायकले तिर्न अस्विकार गर्दै आएका छन् ।  इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) भने यहि मुद्दा लिएर सर्वोच्च समेत गएको छ  । अदालतले आज नै विद्युत प्राधिकरणलाई  कारण देखाउ आदेश जारी गरेको छ ।  न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले पोलको बढाउनुको कारण माग गर्दै छलफलका लागि बोलाएको छ । आइस्पानले अन्तरिम आदेश माग गरेको भएपनि सर्वोच्चले अहिले कारण देखाउ आदेश मात्र जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved