आफूले बोकेको सीमको सर्भिस मन परेन ? त्यही सीममा यसरी पाइन्छ अर्को कम्पनीको सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 05:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अब आफूले चलाईरहेको मोबाइल नम्बरको सेवा मन नपरे अर्को कम्पनीको सेवा लिन सकिने व्यवस्था हुने भएको छ । आफूले चलाइरहेको कम्पनीको सीमको सेवा मन नपरे अब नम्बर परिवर्तन नगरिक अर्को कम्पनीको सेवा लिन सकिने भएको छ ।

मानौ नेपाल टेलिकमको सेवा प्रयोग तपाईले प्रयोग गरिरहनु भएको छ तर, तपाईंलाई टेलिकमको सेवा मन परेको छैन भने मोबाइल नम्बर परिवर्तन नगरी तपाईले एनसेल, स्टमार्ट जे को भएपनि सेवा लिन सक्नुहुनेछ । 

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८ को मस्यौदा तयार गरेको छ । मस्यौदामा यसरी सोही नम्बरबाट अर्को कम्पनीको सेवा लिन केही सर्त भने तोकिएको छ ।

चलाईरहेको मोबाइल नम्बर अर्को कम्पनीको सेवामा परिवर्तन गर्न ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रिय हुनुपर्छ । ‘लोन’ वा अरु कुनै तिर्नुपर्ने दायित्व भएको हुनु हुँदैन । कम्पनीले त्यो नम्बरलाई ब्लक गरेको वा सेवामा रोक नलगाएको हुनुपर्नेछ ।

यी सबै सर्त पूरा गरेपछि ग्राहकले नम्बर परिवर्तनको अनुरोध फारम भनेर नयाँ सेवा लिन चाहेको सेवा प्रदायकको कार्यालयमा बुझाउनु पर्नेछ । सेवा प्रदायकले उपभोक्तालाई कुनै शुल्क नलिई यो सुविधा उपलब्ध गराउनुपर्ने छ ।

मस्यौदा पास हुन भने केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।

मस्यौदा हेर्न यहाँ क्लिक गर्नुहोस् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved