डेटाको शुल्क घटाउने टेलिकमको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 07:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् । 

ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको उनको भनाई छ । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनले बताईन् । 

नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताएकी छिन् । कोभिडका कारण २ वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन् । 

‘यसको मूल्य चाँही घट्दैछ । यो महंगो छ भन्न त नमिल्ला । प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ यो वायरलेस डेटाको कष्ट चाँही १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ’ उनले भनिन्, ‘यो कोभिडको कारणले गर्दाखेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो । त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं । यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ ।’

टेलिकमले पूर्वाधार निर्माणको लागत घट्ने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved