ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 04:57:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोमले सहकार्य गर्ने सम्झौता गरेका छन् । सम्झौता अनुसार ओ एस आर डिजिटलसँग  अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

ओ एस आर डिजिटलका विभिन्न कन्टेन्टहरु अन डिशहोमको पे पर भ्यु र एक्सक्लुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् । यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु मज्जा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

 नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved