एक इन्टरनेट सेवा प्रदायक कम्पनीको लाईसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 08:06:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली नेटवर्क सर्भिसेज प्रा. लिको इन्टरनेट सेवा प्रदायकको लाईसेन्स खारेज गरेको छ। प्राधिकरणको अनुमतिपत्र व्यबस्थापन शाखाले  प्राधिकरणबाट इन्टरनेट (इ-मेल सहित ) सेवाको अनुमतिपत्र प्राप्त संस्था कर्णाली नेटवर्क सर्भिसेज प्रा.लि., चन्दननाथ नगरपालिका-०८, जुम्ला को अनुमतिपत्र नं. फि. ज. १ - १२९ खारेज गरिएको जनाएको हो ।

प्राधिकरणका अनुसार तोकिएको समय भित्र नियमानुसार दस्तुर दाखिला गरी नविकरण नगराएकोले निजले प्राप्त गरेको उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज गरिएको हो । साथै इन्टरनेट सेवा संचालन गरे वापत नियमानुसार तिर्न / बुझाउन पर्ने दस्तुर एवं वित्तीय विवरणहरु ३० दिन भित्र फर फारक गर्नु प्राधिकरणले आग्रह गरेको छ । अन्यथा सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved