टेलिकमले सुरु गर्यो निशुल्क कल गरेर एफटीटीएच माग गर्न सक्ने सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 04:33:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले निशुल्क कल गरेर एफटीटीएच सेवा माग गर्ने सक्ने व्यवस्थाको थालनी गरेको छ। टेलिकमले एफटीटीएच  सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो। 

 टेलिकमका अनुसार २०८०।३।११ गतेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरुमा यथासम्भव छिटो एफटीटीएच जडान गर्ने कम्पनीले जनाएको छ ।

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने टेलिकमले उल्लेख गरेको छ । एफटीटीएच सेवामा एउटै फाइबर  बाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।  

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved