९७० बाट सुरु हुने मोबाइल नम्बरलाई पनि ओटीपी उपलब्ध गराउन प्राधिकरणको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 10:43:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार  प्राधिकरणले ९७० बाट सुरु हुने मोबाइल नम्बरलाई पनि अन्य मोबाईल नम्बर सरह सेवाहरू उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ । ९७० बाट सुरु हुने मोबाइल नम्बरमा वान टाइम पासवार्ड (OTP) नआउने समस्या देखिएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार हाल  ९७० बाट सुरू भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवार्ड (OTP) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप (Sign Up ) गर्दा समस्या भएको, वालेटहरू मार्फत कारोबार गर्दा प्राविधिक कठिनाई भएको लगायतका गुनासो आईरहेको छ । सोहि अनुसार प्राधिकरणले ९७० बाट सुरु हुने मोबाइल नम्बरलाई पनि अन्य मोबाईल नम्बर सरह सेवाहरू उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध गरेको हो। 

हाल एनसेलले  ९७० बाट सुरु हुने मोबाइल नम्बर सेवा प्रदान गरिरहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved