साउन १ देखि नेपालमा सबै सशुल्क विदेशी च्यानल बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 09:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रावण १ गतेबाट नेपालमा सबै सशुल्क विदेशी च्यानलहरुको प्रसारण बन्द हुने भएको छ । सूचना तथा प्रसारण विभागले आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय भई पूर्ण रुपमा लागू गर्ने तयारी रहेको तर यसका लागि आवश्यक बुके प्राप्त नभएकोले श्रावण १ गतेबाट नेपालमा सबै सशुल्क विदेशी च्यानलहरुको प्रसारण बन्द हुने जनाएको हो। 

टेलिभिजन च्यानलका उपभोक्ताको हित र शुल्क प्रणालीको पारदर्शिताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय कार्यान्वयनलाई दृढतापूर्वक सहयोग गरिदिन समेत विभागले उपभोक्ताहरुलाई आग्रह गरेको छ। 

के हो आलाकार्ट शुल्क प्रणाली र बुके ?

आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले उपभोक्तालाई न्याय हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा रहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत्र १५ गते मा टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट (A' La Carte) शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयन पश्चात् टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि रु. २५० प्रति महिना र सशुल्क च्यानल समेत गरी अधिकतम कुल रु. ५०० प्रति महिना तिर्नु पर्ने र सेवा प्रदायकले हाल इण्टरनेट र टेलिभिजन च्यानल गरी लिईराखेको कुल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यस्था समेत गरिएको छ ।

यो नयाँ व्यवस्था अनुसार उपभोक्ताबाट उठाउन सकिने बुके र प्रति च्यानलको मूल्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट निर्धारण हुने हुन्छ । यो नयाँ प्रणालीमा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबै संस्थाहरुलाई फाईदा हुने विश्वास छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत्र १५ गते मा टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट (A' La Carte) शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो। यस प्रणालीको कार्यान्वयनका लागि च्यानलको शुल्क र बुके (Bouquet) उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई पत्राचार गरी विदेशी च्यानलको डाउनलिंक अनुमतिप्राप्त संस्थाहरु (वितरक) लाई जानकारी गराउँदै पहिलो पटक २०८० वैशाख १७ गते पत्राचार गरेको थियो। सो पश्चात् २०८० वैशाख ३१ पत्र लेखि पुनः ताकेता गरिएको थियो । यस पछि २०८० असार १७ गते नेपालका सबै विदेशी सिग्नल वितरक र अपरेटरहरुलाई पुनः पत्राचार गर्दै २०८० साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्ण रुपमा लागु हुने जानकारी गराउँदै २०८० असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरुको शुल्क र बुके यस विभागलाई उपलब्ध गराउन भनिएको थियो ।

उपर्युक्त अनुसार कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकोले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागु गर्न अवरोध देखिएको विभागले जानेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved