दूरसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्ति विरुद्धको रिटमा अदालतले दिएन अन्तरिम आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 05:45:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्ति विरुद्ध परेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएसँगै अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ १४ गते प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । मन्त्रालयले खुलाएको आवेदनमा २५ जनाले आवेदन दिएका थिए । 

सबै आवेदक मध्येबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकारसमेत रहेका भण्डारीलाई मन्त्रिपरिषदले फागुन ६ गते निर्णय गरेर अध्यक्षमा नियुक्त गरेको थियो।

भण्डारी अध्यक्षमा नियुक्त भएपछि मन्त्रिपरिषद्, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिट निवेदकले दूरसञ्चार ऐन विपरीत आवेदन खुलाइएको भन्दै नियुक्ति बदरको आदेश माग गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved