कसरी ह्वात्तै बढ्यो फेसबुकको आम्दानी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 01:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ। विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन्।

फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दुई दशमलब एक अर्व थियो। फेसबुककका अनुसार गत एप्रलदेखि जुनसम्मको तीन महिनाको अवधिमा उस्को आम्दानी ९.३ अर्व डलर पुगेको थियो।

त्यस अवधिमा उसको नाफा ७१ प्रतिशतले बढेको बताइएको छ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले भने, "यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ।" उनले सन् २००४मा फेसबुक खोलेका थिए। फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापन आकर्षित गरिरहेको छ।

उसले आफ्ना अन्य सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्स्यापतर्फ पनि विज्ञापन आकर्षित गर्ने सम्भावना खोजिरहेको छ। फेसबुकका अनुसार इन्स्टाग्रामले पनि वृद्धिमा योगदान दिइरहेको छ। तैपनि फेसबुकको न्यूजफिड नै वृद्धिको लागि सबैभन्दा प्रभावकारी माध्यम साबित भएको छ।

जकरबर्गको भनाइमा फेसबुकको मेसेन्जर सेवामा अहिले नै विज्ञापन आकर्षित गर्न सकिदैन किनभने त्यो अझैपनि प्रारम्भिक चरणमै छ।

तर उनले दिर्घकालमा त्यो पनि आम्दानीको श्रोत हुने संकेत दिए। चौबिस घन्टासम्म रहने सन्देश राख्ने सुविधा भएको स्न्यापच्याटसँग फेसबुकले तीव्र प्रतिश्पर्धा गरिरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved