देशका विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा पूर्व सूचना विना नै प्रवेश शुल्क बढाईएको भन्दै ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले आपत्ति जनाएको छ । टानले मकालु बरुण राष्ट्रिय निकुञ्जले सो क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुबाट प्रतिव्यक्ति ३ हजार र क्यापिङ गर्नेहरुबाट प्रतिरातकै २ हजार रुपैयाँ लिन थालेपछि टानले विज्ञप्ती निकालेरै आपत्ति जनाएको हो । मकालु बरुण राष्ट्रिय निकुञ्जकम नेपाली गाईडलाई समेत प्रवेश शुल्क भन्दै १५ सय लिन थालिएको छ ।
पर्यटकलाई प्रयोग गरेर दिर्घकालिन असरको कुनै ख्यालै नगरि पर्यटन क्षेत्रलाई नै अस्तव्यस्त बनाउने काम बन्द गर्न टानले सरकारसँग माग गरेको छ ।
खुम्बु पासाङ ल्हामु गा.वि.स.ले त्यस क्षेत्रको टिम्स काउण्टर बन्द गराई प्रति पर्यटक २ हजार लिने गरेको र स्थानीय सरकारको दबाबमा होटल तथा लजहरुले समेत खानाको र पदयात्रा सहयोगीहरुको शुल्क आफैँ तोक्ने गरेका छन् । मनास्लु क्षेत्रमा पनि यस्तै हुँदै आएको छ ।
टानका अध्यक्ष नवराज दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा जथाभावी शुल्क उठाउने काम बन्द नगरे आन्दोलनमा उत्रने र यसबाट आइपर्ने सबै परिणामको जिम्मेबारी सरकारले लिनुपर्ने चेतावनी दिईएको छ ।
विज्ञप्ती