दश लाख पर्यटकको तथ्यांक झुटो भएको दाबि, पर्यटन बोर्डको व्यवहारप्रति सरोकारवाला नै असन्तुष्ट

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 17, 2018 | 01:01:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन बोर्डले देखाएको तथ्यांक झुटो भएको आरोप लागेको छ। यसवर्षको ११ महिनामा दश लाख पर्यटक नेपाल भ्रमण गरेको भन्ने पर्यटन बोर्डको तथ्यांक सरासर झुटो भएको सरोकारवालाहरुले जनाएका छन। 

राम्रो गरेको देखाउनका लागि हचुवाको भरमा दश लाख पर्यटकले नेपाल भ्रमण गरेको झुटो तथ्यांक देखाइएको यस क्षेत्रका जानकारहरुको भनाई छ। पर्यटन शिक्षाका विषयमा अनुभव बटुलेका एकजना प्रोफेसरका अनुसार बोर्डले सार्वजनिक गरेको १० लाख पर्यटकको गणनामा कतारबाट आएको नेपाली, विदेशबाट विभिन्न व्यवसाय गर्न नेपाल आएका व्यवसायी, आइएनजिओ तथा एनजिओकर्मीहरुलाई समाबेश गरिएको ति प्रोफेशरको भनाई छ। 

‘नेपालका होटलको क्षमता १० लाख बढी पर्यटक धान्न सक्ने छँदैछैन, कसरी १० लाख पुग्यो' प्रश्न गर्दै ति प्रोफेशरले भने, ‘कतारबाट आएको नेपालीलाई पनि पर्यटक आयो भनेर गणना गरिएको छ, जे पनि भन्दिएर हुन्छ ?'  

त्यस्तै ट्रेकिङ एजेन्सीज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पर्यटन बोर्डको कामगराईप्रति असन्तुष्टि जनाएका छन।व्यवसायीको सल्लाह र सहभागीता बिना नै बोर्ड एक्लैले गर्दा पर्यटक आएको जसरी प्रचार गरिएको प्रति उनले असन्तुष्टि जनाएका हुन। 

'अहिले जति पर्यटक आएका छन् ती सबै निजी क्षेत्रको बलले मात्रै आएका हुन' दाहालले बिजपाटीलाई भने, 'विभिन्न व्यवसाय गर्न, आइएनजिओ, एनजिओ चलाउन आएकालाई पनि पर्यटकका रुपमा गणना गरेर पुर्याईएको १० लाखले कुनै योगदान पुग्दैन।'

दाहालका अनुसार २०२० लाई हल्ला गर्न बोर्डले निजी क्षेत्रको सहभागीता बिना नै नेपाल आउने पर्यटकको संख्या १० लाख नाघेको भन्नु गलत हो।  ‘चाइनाबाट नेपाल हुँदै भारत जाने, भुटान जानेलाई पनि गनेर १० लाख पुर्याईएको हाम्रो निश्कर्ष हो, यो सफल भएको देखाउने प्रपोगांडा मात्रै हो’ दाहालले भने।

तर  नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्यले सरकारी तथ्यांकप्रति विश्वास गर्नुपर्ने बताउँछन् । कहाँबाट कति आए भन्ने तथ्यांक अझैपनि स्पष्ट आउन नसकेको तर सरकारले सार्वजनिक गरेको तथ्यांकलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाई छ । बजारमा विदेशबाट आएको नेपालीलाई पनि पर्यटकमा गणना गरिएको भन्ने आशयप्रति भने आचार्यले हाँसो व्यक्त गरे । ‘भिषा नै फरक हुन्छ, यस्तो कसरी भयो होला र ?’ उनले भने । 

‘अक्टुबर र नोभेम्बरमा एअरपोर्टको फ्लाईट सिस्टम पनि सुध्रिएको र होटल पनि पूर्ण भरिभराउ भएकाले १० लाख पर्यटक आएको मान्न सकिन्छ’ आचार्यले भने ‘यो नै बास्तविक तथ्यांक मान्न भने सकिँदैन ।’

होटल क्षमता नै पुग्दैन

नेपालमा अहिले तारे होटलको संख्या १ सय २५ मात्रै छ। हुन त यो संख्या बढेको पनि छ तर पर्यटन मन्त्रालयको पछिल्लो विवरणमा यही उल्लेख छ। तारा नभएका होटलहरु ९७७ छन। नेपालमा सञ्चालित होटल तथा रिसोर्टको बेड क्षमता ३९ हजार ८३३ प्रतिदिन मात्रै हो। मुस्किलले दैनिक ४० हजार पर्यटकलाई धान्ने नेपाललका होटलले ३३० दिनमा १० लाख बढी पर्यटक धान्नै नसक्ने विज्ञको भनाई छ । 

होमस्टेले पनि योगदान पुर्याएको सरकारी भनाईसँग होमस्टे सञ्चालक नै सहमत छैनन। होमस्टेले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने भएकाले होटलसँग यसको कुनै सम्बन्ध नहुने होमस्टे एशोशियसन नेपालका अध्यक्ष भिम केसी बताउँछन। उनका अनुसार होमस्टे होटलको विकल्प होईन। नेपालमा अहिले २४४ होमस्टेहरु दर्ता भएर सञ्चालनमा छन्, यिनको वेड क्षमता ९ सयको हाराहारीमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved