
हिमाल आरोहणका लागी यसवर्ष ३४८ पर्यटकले अनुमति लिएका छन् । विभिन्न १५ वटा हिमाल आरोहणका लागी हालसम्म ३९ समूहका ३४५ जनाले स्वीकृति पाएको पर्यटन विभागले जनाएको छ । विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार हिमाल आरोहणको अनुमति पाएका पर्यटकबाट २१ करोड ७२ लाख १४ हजार ३२७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
हिमाल आरोहणको मुख्य सिजन मार्च, अप्रिल र मे महिना हुन् । सिजन बाँकी रहेकाले अनुमति लिनेको संख्या बढ्न सक्ने विभागको अनुमान छ ।
सबैभन्दा बढी आरोहण अनुमति सर्वोच्च शिखर सगरमाथा चढ्नका लागी माग भएका छन् । सगरमाथाका आरोहण गर्न अनुमति माग गर्दै विभागमा १५ समूहमार्फत पुगेका १६१ पर्यटकले १९ करोड २२ लाख ७५ हजार ४७५ रुपैयाँ रोयल्टि बुझाएका छन् ।
ल्होत्से हिमाल आरोहणका लागी ४ समुहका ३५ जनाले अनुमति लिएका छन् । यो समूहले उक्त हिमाल आरोहण अनुमति पाए वापत ६९ लाख ५६ हजार ९१० रुपैयाँ रोयल्टी बुझाएको छ ।
मकालुका लागी २ समुहका ३० जना, अन्नपुर्णका लागी ३ समुहका २३ जना र कंचनजंगा आरोहणका लागी ३ समुहका २२ जनाले अनुमती लिएका छन् ।