ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उपाध्यक्षमा राजुमान डंगोल निर्वाचित भएका छन् ।
उपाध्यक्षहरुमा भविश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन् । महासचिवमा ध्रुव अधिकारी, सचिवमा बद्रि प्रसाद तिमिल्सिना र कोषध्यक्षमा पुण्यराम लगेजु निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र दुलाल, केशव बस्नेत, सुरेन्द्र श्रेष्ठ (राजन), कर्मा घले, स्वप्नील शर्मा, रुपेश गुरुङ र नरेन्द्र बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।