सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउन हौस्याएपनि निजी क्षेत्र भने सरकारले अझै पर्याप्त काम नगरेको गुनासो गरिरहेका छन् । भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका अहम हुने भएपनि सरकारले खासै वास्ता नगरेको र व्यवसायीका सल्लाह नमान्ने गरेको गुनासो छताछुल्ल छरिएका छन् ।
यसैबीचमा पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले नकारात्मक कुराहरु हुँदा हुँदैपनि सकारात्मक सोचले व्यवसायीले काम गरिरहेको बताएका छन् । विजपाटी डटकमका निरोज कुमार थापासँगको संवादमा अध्यक्ष सुवेदीले ‘क्वालिटी टुरिजम’का कुरा गरेका छन् ।
हेरौँ भिडियोः