संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाल आरोहणको केन्द्र नेपाल नै भएको बताएका छन् । सगरमाथासहित विश्वका अग्ला हिमालहरु नेपालमा रहेको बताउँदै उनले नेपाल पर्वतारोहणको हब भएको बताएका हुन् ।
मन्त्रालय अन्र्गतका कार्यालयहरुको अवस्थाका बारेमा स्थलगतरुपमा बुझ्ने क्रममा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान पुगेका मन्त्री भट्टराईले विगतमा हामीले हाम्रो हिमाल चढ्न पनि विदेशमा तालिम लिनुपर्ने अवस्था रहेकोमा अब हामी आफैले तालीम दिने अवस्थामा पुगेकोमा खुशी व्यक्त गर्दै, ‘अब यतिले मात्र पुग्दैन, यहाँबाट उत्पादित जनशक्तिले विदेशमा गएर पनि तालिम÷प्रशिक्षण दिनुपर्छ’ भने ।
सानो क्लवजस्तो ठाउँबाट एकेडेमी उद्योगका रुपमा विकास हुँदै गरेकोमा खुशी हुँदै मन्त्री भट्टराईले अब प्रतिष्ठानको दायरा फराकिलो हुनुपर्ने पनि बताए । ‘हिमाल हाम्रो पहिचान हो, हिमाललाई हामीले जति आधुनिक र व्यवस्थित गर्छौ, त्यति नै यसप्रतिको आकर्षण पनि बढ्दै जान्छ’ मन्त्री भट्टराईले भने, ‘यसले अन्तराष्ट्रिय सम्बन्ध पनि बढाउँछ र समग्रमा राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ ।’
‘हिमालहरुका बारेमा अध्ययन अनुसन्धान हामीले नगरे कसले गर्छ ?’ मन्त्री भट्टराईले प्रश्न गर्दै भने, ‘मन्त्रालय एक्लैले यी काम गर्न सम्भव हुदैन । हिमालका बारेमा सहकार्य गर्ने देशभित्र र बाहिर पर्याप्त संस्था पाईन्छ, स्पष्ट योजना बनाएर उनीहरुसमेतको सहकार्यमा अघि बढ्नु जरुरी छ ।’
मत्री भट्टराईले एकेडेमीले प्रकाशित गरेको जर्नल ‘जर्नल अफ टुरिज्म एण्ड हिमालयन एडभेन्ट्र्चस’ लोकापर्ण पनि गरेका छन् ।